भन्सारमा कोरोनाको शून्य असर:  आयात निर्यात गतबर्ष भन्दा राम्रो

-राधेश्याम विश्वकर्मा

भैरहवा । राजस्व असुलीको दृष्टिले भैरहवा भन्सार कार्यालय दोस्रो ठूलो भन्सार कार्यालयका रुपमा रहेको छ । वीरगन्ज पछिको भन्सारको रुपमा रहेको भैरहवा भन्सारबाट राज्यले राम्रै राजस्व असुली गर्ने गरेको छ । अहिले कोरोनाको कारण गाडीहरु नेपाल आउजाउ गर्न नपाएको लगायतको धेरै भ्रामक हल्लाहरु फैलिएको छ । तर विश्वलाई आक्रान्त पारेको कोरोना भाईरसको असर भने भैरहवा भन्सारमा देखिएको छैन । अझ बिचमा कार्यालयले गत बर्षको भन्दा पनि बढी राजस्व असुली गरेको छ ।

भैरहवा भन्सार कार्यालय भैरहवाका प्रवक्ता पूर्णप्रसाद लम्सालका अनुसार केही समय अघिको फागु पर्वले भन्सार असुलीमा थोरै प्रभाव पारे पनि कोरोनाको प्रभाव भने यसमा परेको छ्रन ।

आर्थिक बर्ष २०७५/०७६ को फागुन महिनासम्म भैरहवा भन्सार कार्यालयको राजस्व असुली लक्ष्य ५९ अर्ब १९ करोड ४६ लाख ५६ हजार रुपैयाँ रहेकोमा त्यसको ९१ दशमलव १५ प्रतिशत अर्थात ५३ करोड ९५ लाख ४३ लाख ५२ हजार रुपैया मात्र असुली गरेको थियो । गत बर्ष नै कार्यालयले फागुन महिनाको राजस्व असुली लक्ष्य ८ अर्ब ४५ करोड ६३ लाख ८० हजार लिएकोमा ७३ दशमलव १५ प्रतिशत अर्थात ६ अर्ब १८ करोड ६५ लाख ८५ हजार रुपैयाँ असुल गरेको थियो ।

चालु आर्थिक बर्षमा भने फागुन महिना सम्ममा कार्यालयले राजस्व असुली लक्ष्य ७१ अर्ब १७ करोड, ९६ लाख ९६ हजार रुपैया राखेकोमा त्यसको ८२ दशमलव ४८ प्रतिशत अर्थात ५८ करोड ७१ करोड ९ लाख ३५ हजार रुपैया राजस्व असुली गरेको छ । यसैगरी चालु आर्थिक बर्षको फागुन महिनाको लागी मात्र भैरहवा भन्सार कार्यालयले ८ अर्ब ४७ करोड ५ लाख ३१ हजार राजस्व असुली लक्ष्य पाएकोमा त्यसको ७४ दशमलव २४ प्रतिशत अर्थात ६ अर्ब २८ करोड ८९ लाख ७ हजार रुपैया असुली गरेको छ ।

समग्रमा हेर्दा गत बर्षको फागुन महिना सम्म र यस बर्षको फागुन महिना सम्म तुलनात्मक बिश्लेषण गर्दा गत बर्ष भन्दा अहिले ९ प्रतिशत अर्थात करिब ५ अर्ब रुपैयाँ बढी राजस्व असुली भएको भैरहवा भन्सार कार्यालयका प्रवक्ता पूर्ण प्रसाद लम्सालले बताए ।

भैरहवा भन्सार हुँदै नेपाल आयात हुनेमा मोटरसाईकल, माईक्रोबस, डबल–क्याब पिकअप गाडी, एचआर सीट, मिनिबस, अलकत्रा बिटुमिन, पत्थर कोईलाबाट राजस्व वृद्धि भएको छ भने । बस, जीप कार तथा भ्यान, अन्य बस ट्रकका चेसिसहरु, सिमेन्ट क्लिंकर, एम एस बिलेट लगायतको आयात कम हुदा यस क्षेत्रमा राजस्व घटेको छ ।

यस्तै निर्यात तर्फ भने गत आर्थिक बर्ष २०७५/०७६ मा भैरहवा भन्सार नाका हुदै ४ अर्ब ४४ करोड ८० लाख ५ हजारको समान निर्यात भएको थियो । गत बर्षको फागुन मसान्त सम्म २ अर्ब ८० करोड, ६५ लाख ९३ हजार को समान निर्यात हुदा चालु आर्थिक बर्षको फागुन मसान्त सम्ममै २ अर्ब ५३ करोड ८ लाख ३२ हजार रुपैया बराबर निर्यात भएको छ ।

भैरहवा भन्सार हुदै मूख्यतः काच, खोटो रेजिन, पीना, पलाष्टिक नली पाईप, स्टिल भाडा, चुनढुंगा, दालचिनी, चाउचाउ, नुडल्स, पास्ता जस्ता बस्तुहरु निर्यात हुने गरेका छन् ।

टिप्पणी थप्नुहोस्