किसुनजी कमेडीमा प्रधानमन्त्री भन्दा पनि माथीः दिपकराज गिरि(भिडियो अन्तरवार्ता)

नेपाली हाँस्य कलाकारिता र चलचित्र क्षेत्रमा ब्यस्त कलाकार हुन दिपकराज गिरी । समसामयिक विषयबस्तु मात्र होइन राजनीतिक दलका नेताहरुको क्यारिकेचर, उनीहरुको प्रस्तुतीलाई लिएर दर्शक हसाउँने गर्छन ।

हामीसँगको कुराकानीमा उनले नेताहरुमध्ये शेरबहादुर देउवा र केपी शर्मा ओलीलाई हाँस्यब्यङ्यको प्रमुख पात्रमा उभ्याए । देउवाको बोलीको अस्पष्टता मात्र होइन रिसाउने बानी हाँस्यब्यङ्यको विशेष खुराक बनाउने गरेको बताए ।

ओलीलाई उनले चतुर प्रधामन्त्रीको उपमा दिंदै उनमा ‘सेन्स अफ ह्यूमर’को मात्र अत्याधिक बढी पाएको सुनाए । त्यतिमात्र होइन पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ‘किसुनजी’ कमेडीमा प्रधानमन्त्री भन्दा पनि माथी रहेको पनि बताए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री