सीमा क्षेत्रका मदिरा पसल बन्द

भैरहवा । कोरोनाबो त्रास बढ्दै गए पछि रुपन्देही प्रहरीले सीमा क्षेत्रका मदिरा पसलहरु बन्द गराएको छ ।

रुपन्देही जिल्लामा रहेको मर्चवार क्षेत्रमा खुल्ला सीमा नाकाहरुमा भारतीयहरु लाई लक्षित गरी खोलिएका मदिरा पसल बन्द गरिएको रुपन्देही प्रहरीले जानकारी दिएको छ । भारतमा मदिरा खुल्ला रुपमा बिक्री बितरण नहुने हँुदा अधिकांश भारतीयहरु नेपालमा मदिरा सेवनको लागि आउने गरेका छन् ।

भारतीयहरु नेपाल आउँदा यसले कोरोनाको जोखिमलाई बढाउने भन्दै सीमा क्षेत्रका मदिरा पसलहरु बन्द गरिएको ईलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख चित्र बहादुर घलेले जानकारी दिए । उनले तत्कालको लागि मर्चवार क्षेत्रमा पर्ने मदिरा पसलहरु मात्र बन्द गरिएको जानकारी दिए ।

नेपाल–भारत सीमामा रहेका मर्चवार क्षेत्रका मदिरा पसलहरु बन्द गरिएको छ । ईलाका प्रहरी कार्यालय मर्चवार अन्र्तगत पर्ने चन्नी, खैरा, करौता, थुम्हवा लगायतको सीमामा मदिरा बिक्री गर्न नदिएर बन्द गरिएको त्यहाका प्रहरी निरिक्षक चित्र बहादुर घलेले बताए ।

मर्चवार क्षेत्र अन्र्तगत भारतीयलाई लक्षित गरी एउटै नाकामा ७–१० वटासम्म मदिरा पसलहरु खोलिएका छन् । खुल्ला सीमाका कारण भारतीयहरु निर्वाध रुपमा नेपाल प्रवेश गरी मदिरा सेवन गर्ने गर्दा यो क्षेत्र पनि कोरोनाको जोखिममा रहेको छ । मर्चवार क्षेत्रलाई यसको जोखिमबाट जोगाउन अग्रिम सावधानी अपनाउदै ईलाका प्रहरी कार्यालय मर्चवारले आफ्नो क्षेत्रमा पर्ने मदिरा पसलहरु बन्द गराएको हो ।

‘ब्यवसायीहरुलाई अनुरोध गर्दै मदिरा पसल बन्द गर्न भनेका थियौं, ईलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख चित्र बहादुर घलेले भने, ‘अहिले प्रहरीले सबै नाकामा पुगेर यसको अनुगमन गरि रहेको छ ।”

टिप्पणी थप्नुहोस्