कोरोना भाइरसबारे पहिलो नेपाली गीत बजारमा

काठमाडौं । कोरोना भाइरसका कारण विश्व नै आक्रान्त बनिरहेका बेला यससम्बन्धी जनचेतनात्मक गीत ‘लौन आयो के आयो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतकार अम्बिका गुरुङका शब्द शृजनामा दीपक शर्माको संगीत रहेको गीतमा ध्रुब बिस्कोको स्वर रहेको छ । गीतमा नरेन्द्र बियोगीको एरेन्ज रहेको छ ।

राज खड्काको निर्देशनमा तयार भएको भिडियोमा निर्देशक राज र सुरज अधिकारीको अभिनय रहेको गीतमा विष्णु खड्काको सम्पादन तथा विजय लामाको छायांकन रहेको गीतले गरिब दिनदुःखीले यो समस्याबाट कसरी पार पाउलान् भन्ने जन–जनको प्रश्नलाई चोटिलो शैलीमा प्रहार गरेको छ ।

कोरोना भाइरसबारे जनचेतानामूलक पहिलो गीतमा हात धुनेदेखि मास्क लगाएर हिँड्ने र भिडभाडमा जम्मा नहुने नै यो रोगको मुख्य औषधी भएको समेत भिडियोले मज्जाले बोलेको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री