भीम अस्पतालमा कोरोना संक्रमितलाई छुट्टै व्यवस्था

-राधेश्याम विश्वकर्मा
भैरहवा । कोरोना भाइरसको पोजिटिभ देखिनेहरुको लागि भैरहवाको भीम अस्पतालमा राख्ने तयारी गरिएको छ । प्रदेश सरकारको अगुवाईमा भीम अस्पतालमा संक्रमित देखिएका रोगीहरु राख्नको लागि अहिले तयारीलाई तिव्रता दिइएको छ ।

प्रदेश ५ मा स्थापना गरिएका कोरोना (बिशेष) अस्पतालमा आइसियू र भेन्टिलेटर सेवा थपिन शुरु गरिएको छ । कोरोना भाइरस सतकर्ताका लागि अस्थायी रुपमा तयार गरिएका अस्पतालमा दोस्रो चरणमा यो सेवाको बिस्तार गर्न लागिएको हो । स्वाव परीक्षणपछि स्वास्थ्य रिर्पोट पोजेटिभ आउने बिरामीका लागि लक्षित गरी अस्पतालमा तयारी गरिएको हो ।
कोरोनाको शंकास्पद बिरामीको लागि बुटवल धागो कारखानामा ४० बेडको कोरोना बिशेष अस्पताल संचालनमा आइसकेको छ । जहाँ अहिले पाँच जना बिरामी भर्ना छन् ।

पहिलो चरणमा लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको ज्वरो क्लिनिकमा चेकजाँच गरेपछि चिकित्सकले बिरामीको ग्रेडिङ गरी शंकास्पद बिरामीलाई मात्रै धागो कारखानामा स्थापना भएको कोरोना बिशेष अस्पतालमा लगिन्छ । त्यस बेला पिपिई लगाएको चालक रहेको एम्बुलेन्सले सेवा दिन्छ ।

धागो कारखानामा पनि राख्न नसकिने बिरामीका लागि भैरहवाको भीम अस्पतालमा लगिने व्यवस्था गरिएको छ । अस्पतालमा अहिले सामाजिक विकास मन्त्री सुदर्शन बराल आफंै खटिएर काम गराई रहेका छन् ।

३० वटा जनरल बेड र ५ वटा आईसीयु गरी ३५ बेडको कोरोना (बिशेष) अस्पताल बनाउन अहिले मन्त्री आफैं खटिरहेका हुन् । यसका साथै तीन वटा भेन्टिलेटरको व्यस्था समेत गरिदैछ । अस्पतालमा ६० जना स्वास्थ्यकर्मी खटिनेगरी व्यवस्थापन गरिएको छ ।

यस्तै प्रदेश सरकारले आफ्नै परीक्षण ल्याबको तयारी गरेको छ । हामीसँग संक्षिप्त कुराकानी गर्दै प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले केही दिन भित्रै पिसिआर मेसिन र त्यसको रिएजेन्ट उपलब्ध भएको अवस्थामा प्रदेशले आफ्नै सुविधा सम्पन्न ल्याब पाउने बताए ।

भैरहवमा रहेको रािष्ट्रय गँहुबाली अनुसन्धान केन्द्रमा आधुनिक ल्याबको स्थापन गरिने मन्त्री बरालले बताए । उनले प्रदेश ५ को आफ्नै ल्याब भए नमूना परिक्षणकै लागी काठ्माण्डौ पठाउनु पर्ने बाध्यता हटने दावी गरे । उनले प्रदेश सरकार संग स्वास्थ्यकर्मिहरुको लागि पीपीई सामाग्री रहेपनि त्यो प्रर्याप्त नभएको बताए ।

 बिरामीको नतिजा नेगेटभ

कोरोना आशंकामा भैरहवाको भीम अस्पतालमा भर्ना गरिएको बिरामीको रिपोर्ट नेगेटिभ आएको छ । दश दिनदेखि ज्वरो आएपछि प्युठानको अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, युनिभर्सल मेडिकल कलेज भैरहवा हुँदै यस अस्पताल पुगेपछि उनलाई चिकित्सकले भर्ना गरी उपचार सुरु गरेका थिए ।

उनी भारतको कोरोना प्रभावित सहर चेन्नईबाट आएको र तत्कालै ज्वरो देखिएपछि कोरोना संक्रमणको आशंमा परीक्षण गरिएको थियो । उनको शरीरबाट नमुना संकलन गरेर कोरोना संक्रमण परीक्षणका लागि ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाइएको थियो ।

बुधबार आएको कोरोना परीक्षणको रिपोर्टमा ती व्यक्तिमा कोरोना संक्रमण नदेखिएको (नेगेटिभ) भैरहवा भीम अस्पतालका सूचना अधिकारी गोपाल उपाध्ययले जानकारी दिए ।

जगदम्बाको मास्क सहयोग

यसैबीच जगदम्बा सिमेन्ट उद्योगले उद्दार र राहतमा खटिएका स्वास्थ्यकर्मि तथा सुरक्षाकर्कीहरुलाई मास्क वितरण गरेको छ । भैरहवा स्थित भिम अस्पतालमा १ हजार दुई सय थान र जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा १ हजार २ सय मास्क वितरण गरिएको उद्योगमा महाप्रवन्धक बिदुर ढुंगानाले जानकारी दिए । उनले ४ लेयरको सर्जिकल मास्क बितरण गरिएको र यसलाई देशब्यापी बितरण गरिने जानकारी दिए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री