कोभिड-१९ः विश्वभर २४ हजार ८ सय बढीको मृत्यु, १९९ राष्ट्र प्रभावित

एजेन्सी । विश्वभर महारामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड–१९) का कारण १९९ राष्ट्र प्रभावित भएका छन् ।

विश्वभर २४ हजार ८ सय ७२ जनाको मृत्यु भएको छ । ५ लाख ४९ हजार ४ सय ३० जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।

संक्रमितहरु ठूलो संख्यामा उपचार पछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार १ लाख २८ हजार ७ सय जना संक्रमित उपचारपछि निको भएका छन् ।

यता, चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरू भएपनि अहिले युरोप यसको केन्द्रविन्दु बनेको छ । सबैभन्दा धेरै मानिसको मृत्यु इटलीमा भएको छ ।

त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार २ सय १५ जना पुगेको छ । इरानमा २ हजार ३ सय ७८ व्यक्तिको मृत्यु भइसकेको छ भने ३२ हजार ३ सय ३२ जना संक्रमित छन् ।

स्पेनमा ४ हजार ८ सय ५८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६४ हजार ५९ पुगेको छ । जर्मनीमा २ सय ८१ जनाको मृत्यु भएको छ भने ४७ हजार २ सय ७८ जना संक्रमित छन् ।

अमेरिकामा १३ सय ४ जनाको मृत्यु भएको छ भने ८५ हजार ७ सय ४९ जना संक्रमित छन् । फ्रान्समा १ हजार ६ सय ९६ जनाको मृत्यु भएको छ । २९ हजार १ सय ५५ संक्रमित छन् ।

दक्षिण कोरियामा कोरोनाका कारण १ सय ३९ जनाको मृत्यु भएको छ भने ९ हजार ३ सय ३२ संक्रमित छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २० र संक्रमितको संख्या ७ सय ९९ पुगेको छ । यस्तै पाकिस्तानमा ९ जनाको मृत्यु र १ हजार २ सय ५२ जना संक्रमित भएका छन् ।

टिप्पणी थप्नुहोस्