सिद्धार्थ बैंकद्वारा दश लाख सहयोग

भैरहवा । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामको लागि स्थापना भएको कोषमा सिद्धार्थ बैंक लिमिटेडले १० लाख रुपैंयाँ सहयोग गरेको छ ।

सिद्धार्थ बैंक लिमिटेड प्रदेश नम्बर ५ ले कोरोना भाइरस संक्रमण विरुद्धको रोकथाम नियन्त्रण कोषमा सहयोग गरेको हो । शनिबार एक संक्षिप्त कार्यक्रमका बिच बैंकका प्रदेश प्रमुख सुशिल नेपालको नेतृत्वमा बुटवल मिलनचोक शाखा प्रमुख चन्द्रदेव पौड्याल र भैरहवा शाखा प्रमुख जिवन घिमिरेले संयुक्त रुपमा मुख्यमन्त्रि शंकर पोख्रेललाई १० लाख रुपैयांँको चेक प्रदान गरे ।

सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले उक्त रकम प्रदेश सरकारको कोषमा जम्मा गरेको सिद्धार्थ बैंकका भैरहवा शाखा प्रमुख जिवन घिमिरेले जानकारी दिए ।

रकम प्रदान गर्दै बैंकका प्रदेश प्रमुख शुसिल नेपालले वित्तिय संस्था सेवाग्राही र सरकारप्रति उत्तरदायि रहेको भन्दै आपतकालीन अवस्थामा सक्दो सहयोगको प्रयास गरेको बताए ।

बैंकले गरेको सहयोगको प्रशंसा गर्दै मुख्यमन्त्री पोख्रेलले विपदका बेला सबैले सहयोग गरी संयमित भएर जिम्मेवार नागरिकको दायित्व पुरा गर्न आग्रह गरे । उनले लकडाउनको समयमा घरमै बसेर स्वास्थ्यको हेरचाह गर्न समेत सुझाए ।

टिप्पणी थप्नुहोस्