नेपालमा कोरोना भाइरस संक्रमण हुने पाँचौं व्यक्तिको पहिचान

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमण हुने पाँचौं व्यक्तिको पहिचान भएको छ ।

यही चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी २२ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले शनिबार अपराह्न गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हाल काठमाडौंबाहिर रहेकी युवती चिकित्सकको सम्पर्कमा रहेको जानकारी दिए ।

देवकोटाले चीनबाट मेडिकल सामग्रीहरु आएको भोलिपल्टैबाट वितरण गर्ने जानकारी पनि दिए । जसमा ‘पीपीई’ कोरोनाभाइरस परीक्षण किटलगायतका सामग्री रहेको उनले बताए ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण सुरु भएको र हेटौंडामा तयारी भइरहेको जानकारी उनले दिए । यस्तै, कोरोनाभाइरसबारे जानकारी दिन र लिन ११३३ नम्बरको कल सेन्टर थप गरिएको छ ।

टिप्पणी थप्नुहोस्