नर्सलाई घरबाट निकाल्ने सरकारी कर्मचारी पक्राउ

दाङ । घोराहीको बुद्ध इन्टरनेशनल अस्पतालमा कार्यरत एक स्टाफ नर्सलाई घरबाट निकालेको आरोपमा एक सरकारी कर्मचारीलाई पक्राउ गरिएको छ ।

केही दिन पहिले कोरोना संक्रमण हुन सक्ने भन्दै घोराहीमा डेरा गरी बस्दैआएकी एक स्टाफ नर्सलाई डेराबाट निकाल्ने घोराही उपमहानगरपालिका २ का वडा सचिव नारायण आचार्यलाई मंगलबार जिल्ला प्रशासन कार्यालय दाङले पक्राउ गरेको हो ।

स्टाफ नर्स सिर्जना खड्कालाई उनका घरबेटी आचार्यले कोरोना संक्रमण हुन सक्ने भन्दै डेराबाट निकालेपपछि उनलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

टिप्पणी थप्नुहोस्