नेपालका चारै जना कोरोना संक्रमितको अवस्था सामान्य

काठमाडौं । कोरोना भाइरस संक्रमण देखिएका नेपालका चारै जना विरामीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत दुवै जनाको अवस्था सामान्य नै रहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए ।

टेकुमा फ्रान्सबाट गत ४ चैत्रमा नेपाल आएकी र ६ चैत्रमा दुबइबाट आएका एक युवकको उपचार भइरहेको छ । यसैगरी कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचाररत एक युवकको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका प्राध्यापक डा. जगदीश जोशीले जानकारी दिए । उनी पनि गत ६ चैत्रमै दुबइबाटै आएका थिए ।

त्यस्तै गत ४ मै बेल्जियमबाट नेपाल आएकी बागलुङकी १९ वर्षीया युवतीको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विके पोखरेलले बताए । यस्तै उनीसँगै पोखरा गएका र उनीसँग नजिक रहेको साथीहरुको स्वाब परीक्षणको लागि काठमाडौं ल्याइएको पनि बताए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री