लकडाउनका बेला सरकारलाई देउवाको ११ बुँदा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाईरस संक्रमणले प्रभावित जनजीवनलाई आधार मानेर सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र पठाएका छन् ।

जारी लकडाउनका कारण अर्थतन्त्र देखि सामान्य मजदुरी गर्नको जीवनयापन कठिन भएको उल्लेख गर्दै विद्यार्थी र श्रमजीवि पत्रकारहरुका समस्या पनि उठाएका छन् ।

उनले २० लाख रुपैयाँसम्म ऋण लिएर व्यवसाय गरेका साना व्यवसायीका हकमा ३ महिनासम्मको ब्याज मिनाहा गर्न माग गरेका छन् । डेरा गरी बसेका विद्यार्थीको हकमा फरक तरिकाले राहतको व्यवस्था गर्न माग गरेका छन् ।

व्यवसायमा परेको असरको परिणाममा संचार माध्यमहरुले पनि त्यसको असर बेहोर्नुपरेको र राज्यको चौथो अंग तथा त्यसमा कार्यरत श्रमजीवी पत्रकारको हकमा अलग्गै राहत योजनाको निर्माण उनको माग छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री