नागरिकलाई देश प्रवेश गर्न नदिनुको कारण पेस गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले सीमानाकामा रोकिएका नागरिकलाई देश प्रवेश गर्न नदिनुको कारण पेस गर्न सरकारलाई आदेश दिएको छ ।

कोरोनाभाइरसको संक्रमणको सम्भावनालाई देखाउँदै सरकारले ‘लकडाउन’ घोषणापछि सीमामा रहेका नेपालीलाई देश प्रवेश गर्न नदिएपछि सर्वोच्चले १५ दिनभित्र लिखित जवाफ पेस गर्न सरकारको नाममा आदेश दिएको हो ।

बुधबार अधिवक्ता मनिषकुमार श्रेष्ठले सीमामा रहेका नेपालीलाई तुरुन्त भित्र्याउन अन्तरिम आदेशको माग गर्दैै सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

आदेशमा यसै विषयसँग सम्बन्धित अर्को रिटको सुनुवाइ यही चैत २४ गतेका लागि तोकिएकाले अन्तरिम आदेशबारे छलफल गर्न निवेदक र विपक्षीहरुलाई उपस्थित हुन आदेश दिएको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री