नेपालमा कोरोना भाइरस संक्रमितको संख्या नौं पुग्यो

काठमाडौं । भारतबाट फर्किएका थप तीन जनामा कोरोना भारइस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको आधिकारिक फेसबुक पेजमा दिइएको जानकारीअनुसार तीनैजना धनगढीका हुन् ।

भारतबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरकै ४१ वर्षीय पुरूष र कैलालीका ३४ वर्षीय महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

कैलालीमा यसअघि फेला परेका संक्रमित दुबईबाट आएको र उनैका आफन्त जो नेपालमै रहेका थिए उनैमा कोरोना देखिएको हो ।

यसअघि नेपालमा छ जनामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये एकजना उपचारपछि निको भइसकेका छन् भने अन्यको उपचार भइरहेको छ।

 

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री