ओलीको आह्वान: राष्ट्रिय गान गाउनु र ताली बजाउनु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि (सोमबार) विहान ८ बजे राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरे ।

संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रमलाई समर्थन गर्दै प्रधानमन्त्री ओलीले भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरे ।

ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरे ।

सामाजिक सञ्जाल ट्वीटमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’

टिप्पणी थप्नुहोस्