नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो

काठमाडौं । नेपालमा शुक्रबार एकैदिन १४ जना कोरोना संक्रमित थपिएका छन् ।

उदयपुरको झुल्केस्थित एक मस्जिदमा लुकेर बसेका १६ जना भारतीय र बंगाली मुस्लिममध्ये ‘पीसीआर’ परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्यसचिव यादव कोइरालाले जानकारी दिए ।

मस्जिदमा विदेशी मुस्लिमहरु लुकेर बसेको थाहा पाएपछि प्रशासनले उनीहरुलाई समातेर परीक्षण गराएको थियो ।

उदयपुरमा ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय र चितवनमा २७ वर्षका पुरुष र ६३ वर्षीया महिलामा कोरोना भाइरस देखिएको हो।

यता, चितवनमा पनि दुईजनामा कोरोना संक्रमण पुष्टि भएको सचिव कोइरालाले जानकारी दिएका छन् ।

चितवनको राप्ती नगरपालिकाका आमा–छोरामा संक्रमण देखिएको हो । उनीहरु एक महिनाअघि बेलायतबाट आएको जनाइएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री