नेपालमा २९ हजार ५ सय बढीको कोरोना परीक्षण

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित ३१ मध्ये अर्का एकजना पनि उपचारपछि निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सेती अस्पतालमा उपचाररत २१ वर्षीय पुरुष उपचारपछि निको भएकाले आज (आइतबार) डिस्चार्ज गरिएको जानकारी दिए ।

डा. देवकोटाले नेपालमा अहिलेसम्म २९ हजार ५६७ वटा कोरोना भाईरसको परीक्षण गरिएको जानकारी दिए । डा देवकोटाका अनुसार पीसीआर ८ हजार ८१ र आरडीटीबाट २१ हजार ४ सय ८६ वटा परीक्षण गरिएको हो ।

पछिल्लो २४ घण्टामा २१ सय ६८ जनाको नयाँ आरडीटी परीक्षण गरिएको जानकारी दिँदै उनले सबै जिल्लामा आरडीटीबाट परीक्षण भइरहेको बताए ।

डा देवकोटाले हालसम्म देशभर ५ हजार १ सय ८० जना क्वारेन्टाइनमा र १०३ जना एकान्तवासमा रहेको पनि जानकारी दिए । डा देवकोटाका अनुसार उपत्यकामा पाँच र उपत्यका बाहिर ९८ जना गरी १ सय ३ जना आइसोलेसनमा छन् ।

डा देवकोटाले सेती अस्पतालमा उपचार गरिरहेका २१ वर्षीय पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ आएकाले डिस्चार्ज गरी घर पठाइने बताए ।

यो संगै नेपालमा हालसम्म ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएकामा चार जना निको भएका छन् । यसअघि संक्रमित मध्ये तीन जना उपचारपछि आ–आफ्ना घर फर्किएका छन् ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री