देउवाको प्रतिक्रिया: अध्यादेश बेमौसमको बाँसुरी

काठमाडौं । सरकारले ल्याएको अध्यादेशलाई नेपाली कांग्रेसले बेमौसमको बाँसुरीको संज्ञा दिएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले सोमबार दुई वटा अध्यादेश जारी गरेका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनतालाई भोकमरीबाट जोगाउने बेलामा सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु इतिहासकै दुःखद घटना भएको उल्लेख गरेका छन् ।

सभापति देउवाले जारी गरेको विज्ञप्तिमा सरकारको कदमलाई आपत्तिजनक भन्दै दुबै विधेयक तत्काल फिर्ता लिन माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘नेपाली कांग्रेस अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेल भन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारलाई अपील गर्दछ ।’

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री