नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौं । जनकपुरमा एकजना र उदयपुरमा थप एकजना कोरोनाभाइरसका बिरामी फेला परेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा बिहीबार मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री