भारतीय क्वारेन्टाइनबाट घर फर्के नेपाली

-राधेश्याम विश्वकर्मा

भैरहवा । २५ दिन देखि भारतीय क्वारेन्टाईनमा रहेका नेपालीहरु घर फर्किन थालेका छन् । भारतको बिभिन्न स्थानमा कामगरी रहेको नेपालीहरु लकडाउन अवधिमै कोरोना त्रासको कारण नेपाल आउन खोजेको कारण उनीहरुलाई भारतको नौतनवामा रहेको बिभिन्न तीन स्थानमा क्वारेन्टाईनमा राखिएको थियो ।

पहिलो चरणमा एक सय जनालाई भारतबाट नेपाल भित्रयाईएको छ । प्रदेश सभा सदस्य सन्तोष पाण्डेले तीन चरणमा गरि उनीहरुलाई नेपाल भित्रयाइने जानकारी दिए । नेपाल भित्रिएकाहरुको आरडिटी चेकगरी नेगेटिभ रिपोर्ट देखिएकालाई घर पठाईने र पोजिटिभ देखिए यतै आइसोलेसनमा राखी थप उपचारको ब्यवस्था गरिएको उनले बताए ।

भारतमा रहेका नेपालीहरुलाई १४ दिनको क्वारेन्टाईनमा राख्ने भनिएको थियो । १४ दिनकोे अवधि पुगेपनि उनीहरुलाई नेपाल आउन नदिएपछि नेपालीहरु आक्रोशित भएका थिए । दुई देशको जिल्ला प्रमुखहरु तथा प्रदेश सभा सदस्य सन्तोष पाण्डेको समन्वयमा नेपालीहरु नेपाल फर्किका हुन् ।

नेपाल फर्केका नेपालीलाई लिन सम्बन्धित स्थानिय तहहरुले सवारी साधनको ब्यवस्थापन गरेको रुपन्देही प्रहरी प्रवक्ता खडक् बहादुर खत्रीले बताए । सवारी ब्यवस्थापन हुन नसकेको हकमा भने यतै क्वारेन्टाईनमा राखी स्थिति सहज भए पछि पठाउने पत्रीले जानकारी दिए ।

भारतमा रहेका नेपालीहरु नेपाल आए पनि नेपाल तर्फ रहेको भारतीयहरुको बारे अझै पनि केही निर्णय हुन सकेको छैन ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री