लकडाउन पुनः एकसाता, हवाई उडान जेठ २ गतेसम्म बन्द

काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले देशव्यापी ‘लकडाउन’ अझै एक साता बढाउन सुझाव दिएको छ ।

शनिबार दिउँसो सिंहदरबारमा बसेको समितिको बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा रहेको कार्यदललाई लकडाउनको विषयमा सुझाव दिन निर्देशन दिएकोमा कार्यदलले अझै एक साता थप गर्न सिफारिस गरेको थियो ।

विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रतिनिधिहरुसमेत सहभागी कार्यदलले वैशाख १५ गतेपछि एक साता लकडाउन बढाउनुपर्ने र त्यसपछि नयाँ ‘मोडेल’मा जानुपर्ने निष्कर्षसहितको सुझाव दिएको थियो ।

त्यस्तै, हवाई उडानमा लगाइएको रोक आगामी जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । बैठकले आन्तरिक र बाह्य उडानमा लगाइएको रोक जेठ २ गतेसम्म बढाउने निर्णय गरेको हो ।

यसअघि वैशाख १८ गतेसम्म उडान बन्द गर्ने निर्णय भएकोमा त्यसलाई १५ दिन बढाइएको हो । आइतबार बस्ने मन्त्रिपरिषद्को बैठकले अन्तिम निर्णय लिने छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री