लकडाउन २५ वैशाखसम्म लम्बियो

काठमाडौं । जारी लकडाउन अब १० दिन थपिने भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन २५ वैशाखसम्म लम्ब्याएको हो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याएर २५ वैशाखसम्म कायम गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले पहिलोपटक ११ चैतमा लकडाउन घोषणा गरेको थियो भने पटक–पटक लकडाउनको अवधि बढाएर पछिल्लोपटक १५ वैशाखसम्म लकडाउन गर्ने निर्णय भएको थियो ।

शनिबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले आन्तरिक तथा बाह्य हवाई उडान २ जेठसम्म बन्द गर्ने र लकडाउन थप गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री