कोरोना संक्रमितको संख्या ५४ पुग्यो, ३९ जनाको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न अस्पतालमा उपचाररत् ३९ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा मंगलबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार रौतहटमा २४ र ३५ वर्षीय दुईजना पुरुषमा कोरोना संक्रमण ‘पोजिटिभ’ देखिएको जानकारी दिए । उनीहरुको पनि उपचार सुरु गरिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

यस्तै, हालसम्म ५४ हजार ८२६ जनाको स्वास्थ्य परीक्षण गरिएको भन्दै प्रवक्ता देवकोटाले ‘पीसीआर’ विधिमार्फत् १० हजार ८०७ र ‘आरडीटी’बाट ४४ हजार १९ जनाको परीक्षण गरिएको जानकारी दिए ।

देशभर २२ हजार ९९ जना व्यक्ति सरकारले तोेकेको स्थानमा ‘क्वारेन्टाइन’मा रहेको र १०७ जना ‘आइसोलेसन’कक्षमा रहेको पनि डा. देवकोटाले जानकारी दिए ।

 

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री