बलिउडले लगातार दुई हस्ती गुमायो

काठमाडौं । बलिउड अभिनेता ऋषि कपूरको निधन भएको छ । उनको ६७ वर्षको उमेर विहीबार बिहान निधन भएको हो ।

यसअघि बुधबार मात्रै अभिनेता इरफान खानको निधन भएको थियो । बलिउडले लगातार दुई हस्ती गुमाएको हो  ।स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो ।

कपुर क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । कपूर गएको सेप्टेम्बरमा अमेरिकामा क्यान्सरको उपचार गराएर फर्किएका थिए । उनी क्यान्सरको उपचारका लागि अमेरिकामा एक वर्ष बसेका थिए ।

गएको फेब्रअरीमा उनको स्वास्थ्यमा पुनः समस्या देखिएको थियो । ऋषि कपूरले सन् १९७३ मा बबी चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए ।

उनले बालकलाकारका रुपमा श्री ४२० र मेरा नाम जोकर चलचित्रमा काम गरेका थिए । ऋषि कपूरका छोरा रणवीर कपूर बलिउडका अभिनेता हुन ।

यता, इरफान खानको मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा बुधबार निधन भएको हो ।

५४ वर्षीय खान दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए । खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो । गत शनिबार उनकी आमाको निधन भएको थियो ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री