‘कोरोना महामारी चुनौतीसँगै अवसर पनि हो’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम सांसद डा.शंशाक कोइरालाले कोरोना भाइरसको महामारीले विश्व समूदायलाई ठुलो चुनौती सगँसगैं ठुलो अवसर पनि दिएको बताएका छन् । यसले गर्दा मानिसहरुलाई नयाँ सोच र विचारको बहस गर्न बाध्य पारेको बताए ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाको आयोजनामा कोभिड–१९ को महामारीमा नेपाल सरकारको तयारी र कोरोना कहरको महामारीपछिको अर्थ व्यवस्था र नेपाली कांग्रेसको भूमिका र भविष्य विषयमा जुम भिडियो कल लाईभ बहसमा डा.कोइरालाले यस्तो विचार राखेका हुन ।

बहसमा डा. कोइरालाले यो महामारीका बेला विश्वभर रहेका नेपालीहरुलाई सतर्क रहँदै स्वस्थ रहन पनि आग्रह गरे । महामन्त्री कोइरालाले कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व आउने दावी गरे । उनले नेपालमा अब कृषि क्रान्तिले अर्थ व्यवस्था उकास्न सहयोग गर्ने बताए ।

कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले नेपाल सरकारले कोभिड १९ रोक्न कुनै स्पष्ट कार्यक्रम को योजना नल्याएको र यस महामारी पछिको देशको अवस्थालाई सरकारले मुल्याङकन गर्न चुकेको बताए । उनले कांग्रेसले देशको निकास दिनका लागि सक्रियताका साथ अघि बढदै पार्टी को १४ औं महाधिवेशनले २१ ओों शताब्दीको हाई टेक्नोलोजी प्रयोग गर्दै समयमै सम्पन्न गर्नुपर्ने बताए ।

कांग्रेसकी केन्द्रिय सदस्य, पूर्व उप प्रधानमन्त्री अर्थात गिरिजा प्रसाद कोइराला फाउण्डेशनकी केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले फाउण्डेशनमार्फत देशैभर विकास निर्माणको बाटो अवलम्बन गर्दै कांग्रेसको संगठन मजÞबुत बनाउनुपर्ने बताइन ।

अध्यक्ष कोइरालाले सार्वजनिक स्वास्थ्य सेवा अझै प्रभावकारी बनाउँदै सबै जनताहरुलाई सरल र सुलभ स्वास्थ्य विमा गर्नुपर्छ भनिन । साथै उनले फाउण्डेशनले देशमा प्रजातन्त्र मजवुत गर्दै शान्ति र विकासका लागि कार्यहरु गर्दै जाने बताइन । उनले सबैजनालाई स्वस्थ र सुरक्षित रहन आग्रह गरिन ।

लाईभ जुम बहसमा अमेरिकालगायत विश्वभर रहेका गिरिजा प्रसाद कोइराला फाउण्डेशनसगं आबद्व संयोजक र सल्लाहकारहरु तथा एनआरएनएमा रहेका नेताहरुको उपस्थिति रहेको जीपी फाउण्डेशनले जनाएको छ ।

टिप्पणी थप्नुहोस्