नेपालगन्जमा दिनसम्म निषेधाज्ञा जारी

नेपालगन्ज । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बाँकेको नेपालगन्जमा मंगलबार बिहान ११ बजेदेखि तीन दिनसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायका अधिकारीसहित बसेको सर्वदलीय बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

नेपालगन्जमा कोरोनाभाइरस संक्रमित भेटिएपछि स्थानीय प्रशासन, स्थानीय तह, राजनीतिक दल, सुरक्षाकर्मीहरुको बैठक बसेको हो । निषेधाज्ञा अवधिभर अत्यावश्यक काम, बैंकिङ कारोबार, खाद्यान्नका पसलहरुसमेत खोल्न पाइने छैन ।

धार्मिक सद्भाव खल्बलिने खालको कुनैपनि कुरा सामाजिक सञ्जालमा पोस्ट गरेको खन्डमा कडा कारबाही गरिने पनि बैठकले निर्णय गरेको छ ।

मंगलबार बिहान ११ बजेभित्र आफूलाई चाहिने सामान खरिद गरी घरमै सुरक्षित बस्न सम्पूर्ण नागरिकहरुलाई बैठकले आग्रह गरेको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री