कोरोनाबाट बच्न छर्किने कीटनाशक झोलहरु स्वास्थ्यका लागि खतरा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको संक्रमणलाई कम गराउन भनी छर्किने कीटनाशक झोलहरु मानव स्वास्थ्यका लागि हानिकारक भएको जनाएको छ ।

मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा सोमबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मानिसको शरीरमा कोरोनाभाइरस प्रवेश गरिसकेको छ भने यस्ता कीटनाशक झोलहरुले नरोक्ने तर आँखा, मुखलगायतका संवेदशील अंगमा असर पार्ने हुँदा यस्ता झोलहरु नछर्कन आग्रह गरे ।

यस्तै, हालसम्म देशभर ‘पीसीआर’बाट १३ हजार ६४० र ‘आरडीटी’बाट ५० हजार ८४५ जनाको स्वास्थ्य परीक्षण गरिएको डा। देवकोटाले जानकारी दिए ।

हालसम्म कर्णाली प्रदेशमा एकजनामा पनि कोरोना संक्रमण नदेखिएको भन्दै सबैभन्दा बढी प्रदेश नम्बर–१ मा संक्रमण देखिएको उनले जानकारी दिए ।

यस्तै, हाल काठमाडौंमा एकजनामात्र ‘आइसोलेसन’कक्षमा रहेका छन् भने विभिन्न प्रदेशमा १०५ जना आइसोलेसनमा रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रेस ब्रिफिङमा विश्व स्वास्थ्य संगठनका कार्यक्रम प्रमुख डा. राजनविक्रम रायमाझीले एक मिटरको दूरीमा बसे मास्क पनि प्रयोग गर्नु नपर्ने, उपचार नगर्ने स्वास्थ्यकर्मीले ‘पीपीई’ लगाउन नपर्ने बताए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री