‘रामायण’को विश्व रेकर्ड

काठमाडौं । भारतमा लकडाउनको अवधि थपिदै गएपछि धारावाहिक धार्मिक श्रृंखला रामायणको लोकप्रियता बढ्दै गएको छ ।

यही लकडाउनको मौकामा तीन दशकपछि पुनः प्रशारण गरिएको ‘रामायण’ले सबैभन्दा बढी पटक हेरिने श्रृंखलामा रेकर्ड बनाएको हो ।

सरकार नियन्त्रित दूरदर्शन टेलिभिजन च्यानलले लकडाउनमा दर्शकहरुलाई धर्मसंस्कृतिबारे जानकारी दिने उद्धेष्यले पुनःप्रशारण गरेको हो ।

राष्ट्रिय च्यानलको आधिकारिक ट्वीटर ह्यान्डलबाट गरिएको ट्वीटका अनुसार रामायणको पुनःप्रसारणले विश्वभरमा धेरै दर्शकले हेर्ने शोको रेकर्ड राख्न सफल भएको हो ।

विश्वमा सबैभन्दा धेरै हेरिएको सो ‘गेम अफ थ्रोन्स’ को अन्तिम संस्करणलाई रामायणले उछिनेर नयाँ रेकर्ड बनाएको हो ।रामायणले १६ अप्रिलमा ७.७ करोड दर्शकले विश्भर हेर्दै सर्वाधिक हेरिएको शो बनेको हो ।

भारतमा जारी लकडाउनका कारण बृद्धबृद्धा मात्र होइन रोजगारीमा संलग्न युवा पिंढीहरु पनि घरमै बसेर मनोरञ्जन लिइरहेका छन् । निर्माण भएको ३३ वर्ष पछि पनि रामायणको लोकप्रियता फेरि चुलिएको हो ।

यसअघि सन् २००३ मा पनि विश्वमै सबभन्दा बढी हेरिएको पौराणिक कथामा यसले कीर्तिमान बनाएको थियो ।

रामायणमा मुख्य भूमिकामा देखिएका अरुण गोविल, दीपिका चिखलिया र सुनील लहरी पुन चर्चामा छन् ।उक्त धार्मिक सिरियल अहिले विहान र राती प्रशारण भइरहेको छ । जसका रामायणले टीआरपी पनि प्रशस्त पाइरहेको छ ।

टिप्पणी थप्नुहोस्