स्वास्थ्य परीक्षणका लागि नेपाली सेना परिचालन

काठमाडौं । कोरोना संक्रमणको ‘हटस्पट’ मानिएका उदयपुर, वीरगन्ज र नेपालगन्जमा थप व्यक्तिहरुको स्वास्थ्य परीक्षणका लागि नेपाली सेनालाई खटाइएको छ ।

जसका लागि उदयपुरमा ५००, नेपालगन्ज र वीरगन्जमा एकरएक हजार स्थानीयको स्वास्थ्य परीक्षण गर्न सेना परिचालन गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमितरुपमा गर्ने ‘प्रेस ब्रिफिङ’मा बिहीबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जोखिम देखिएका ती जिल्लामा थप परीक्षणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनालाई खटाइएको बताए ।

हालसम्म देशभर १४ हजार ५०९ जनाको ‘पीसीआर’ र ५४ हजार ९३ मा ‘आरडीटी’ परीक्षण गरिएको पनि उनले जानकारी दिए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री