नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुग्यो

काठमाडौं । शुक्रबार नेपालगन्जमा थप एकजनामा कोरोना संक्रमण देखिएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगन्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा १६ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

यस्तै, हालसम्म ‘पीसीआर’बाट १५ हजार ४९२ जनाको परीक्षण गरिएको छ भने ५४ हजार ५३१ जनाको ‘आरडीटी’ विधिबाट परीक्षण गरिएको पनि उनले जानकारी दिए ।

यस्तै, स्वीस सरकारले सहयोगस्वरुप दिएको ३० हजार पीसीआर परीक्षणका लागि आवश्यक ‘रि–एजेन्ट’ देशभरका १८ ल्याबमा पठाएको भन्दै प्रवक्ता डा. देवकोटाले योसँगै अब परीक्षणको दायरा फराकिलो हुने बताए ।

हाल देशभर १३५ जना ‘आइसोलेसन’मा रहेका छन् भने १५ हजार ६२४ जना ‘क्वारेन्टाइन’मा रहेको पनि उनले जानकारी दिए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री