रुपन्देहीमा भारतबाट आएका नौं जनामा कोरोना संक्रमण देखियो

हुलाकी राजमार्गमा आवतजवातमा रोक

-राधेश्याम विश्वकर्मा

भैरहवा । मंगलबार रुपन्देहीमा थप नौं जना कोरोना पोजेटिभ भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस बिज्ञप्ती जारी गर्दै रुपन्देहीमा नौं जनासहित नेपालमा ५७ जना पेजिटिभ देखिएको पुष्टि गरेको हो ।

नौं जना कोरोना संक्रमित भने लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेको क्वारेन्टाइनको रहेका त्यहाँका नगर प्रमुख मनमोहन चौधरीले पुष्टि गरे । लुम्बिनी बिकास कोष भित्र रहेको श्रीलंकन गेष्ट हाउसमा रहेको क्वारेन्टाइनमा भारतबाट बैशाख २५ गते आएका चार जनामा र २६ गते आएका पाँच जनामा गरी नौं जनामा संक्रमण देखिएको उनले बताए ।

सोही क्वारेन्टाइनमा रहेको ६२ जना मध्ये ३१ को स्वाब रिपोर्टको नतिजा आएको हो जसमध्ये नौं जना पोजेटिभ देखिएका हुन । बाँकी ३१ जनाको नतिजा आउन बाँकी रहेकोले यो संख्या अmभै बढन् सक्ने सम्भावना छ ।

यसअघि सोमबार मात्रै लुम्बिनीमा थप दुई जनामा कोरोना पोजेटिभ देखिएको थियो । यस्तै रुपन्देहीकै सम्मरीमाई गाउँपालिकाको वडा नम्बर १ मा एक जना र वडा नम्बर ४ मा तीन जना गरी चार जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो । अहिले रुपन्देहीमा पुष्टि हुनेको संख्या १६ पुगेको छ । कोरोना संक्रमण पुष्टि भएसँगै मर्चवार र लुम्बिनीका केही भागमा आवतजावत हुनसक्ने भन्दै नाकामा सर्वसाधारणको आवतजावतमा रोक लगाइएको छ ।

हुलाकी राजमार्ग (बनगाई चोकदेखि पर्सासम्म)को दक्षिणतर्फ जाने सबै बाटोमा आवतजवातमा रोक लगाइएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी खडक बहादुर खत्रीले जानकारी दिए ।

जिल्ला बिपद् ब्यवस्थापन समन्वय समितिले निर्णय गरी जिल्लामा संक्रमणको जोखिम उच्च रहेको हुँदा जिल्लाको भारतसँग प्रत्यक्ष सीमाना जोडिएका सिद्धार्थ राजमार्गको बेलहिया–बुटवल सडक खण्ड बाहेक हुलाकी सडकदेखी दक्षिण आवातजावतमा रोक लगाएको हो ।

सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, कोटहीमाई गाउँपालिका, मायादेवी गाउँपालिका र रोहिणी गाउँपालिकामा जेठको ५ गतेसम्म बिना स्वीकृत आवातजावत गर्न पूर्ण रुपमा निषेध गरिएको छ ।

बनगाई चोकदेखि पर्सासम्मको दक्षिणीतर्फ मर्चवार र लुम्बिनीका क्षेत्र पर्दछन् । दक्षिणतर्फका क्षेत्र भारतसँग जोडिएका सीमा क्षेत्र हुन् । सीमा क्षेत्रमा बढी संक्रमित पुष्टि भएकाले संक्रमण फैलिनबाट रोक्नका लागि आवतजावतमा रोक लगाइएको उनको भनाइ छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री