नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुग्यो

काठमाडौं । थप दुई जनामा संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ ।

जनकपुरमा आज दुई जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या २ सय १९ पुगेको हो ।

संक्रमित हुनेहरुमा एक पत्रकार स्थानीय टेलिभिजनमा कार्यरत रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

जनकपुरको शिवचोक–२ का बासिन्दा उनको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

अर्का संक्रमित जनकपुर उपमहानरपालिका–४ मा स्टेशनरी पसल गर्दै आएका व्यापारी हुन् । हिजो एकै दिन ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

टिप्पणी थप्नुहोस्