काठमाडौं र कपिलबस्तुमा नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २४५ पुगेको छ ।

काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकामा विहीबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि हिजो साँझ २४ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनीहरु मध्ये रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका तीन र नवलपरासीका एक जना रहेको पनि मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र बुटवलमा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना भाइरस पुष्टि भएको थियो ।
बुधबार बिहान पर्सा र बाँकेमा एक एक जनामा संक्रमण पुष्टि भएको थियो ।

संक्रमितहरुको अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमै रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म संक्रमित मध्ये ३५ जना निको भइसकेका छन् ।

यसैबीच कोरोनाका संक्रमितहरु बढीरहेकाले अवस्था भने सामान्य नरहेको मन्त्रालयले हिजो नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री