खोप पत्ता लागेपनि कोरोना भाइरस निर्मूल असम्भव

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओे)ले खोप पत्ता लागेपनि कोरोना भाइरस निर्मूल पार्न नसकिने स्पष्ट पारेको छ ।
डब्लुएचओका आपतकालीन निर्देशक डाक्टर माइक रायनले कोरोना भाइरस नियन्त्रणका लागि भविष्यवाणी नगर्न आग्रह गरेका हुन । कोरोनाविरुद्धको खोपले पनि यसलाई निर्मुल पार्न नसकिने उनको भनाइ थियो ।

कोरोनाको अहिलेको जस्तो महामारी नियन्त्रण भएपनि पूर्ण रुपमा निर्मूल पार्न नसकिने डब्लूएचओको भनाइ छ ।

विगतमा फैलिएका एचआइभी एड्स, दादुरा लगायतका रोगहरु नियन्त्रणमा आएपनि अझै कायमै रहेकाले कोरोना भाइरस पनि निर्मूल पार्न नसकिने डब्लुएचओको दावी छ ।

विश्वलाई प्रभावित बनाइरहेको कोरोनाको महामारीबाट बच्न सबैको सामूहिक प्रयास आवश्यक पर्ने भन्दै डब्लुएचओले सकारात्मक पहल गर्न आग्रहसमेत गरेको छ ।

महामारी नियन्त्रणमा नआइसकेकाले विश्वका कतिपय देशले जारी लकडाउन खुकुलो पार्ने निर्णयप्रति आपत्तिसमेत जनाएको छ । उसले भाइरस नियन्त्रणको प्रयार जारी रहेका बेला लकडाउन खुकुलो पार्दा फेरि समस्या आउने डब्लुएचओको चेतावनी छ ।

टिप्पणी थप्नुहोस्