भैरहवाका पत्रकारको कोरोना बीमा

भैरहवा । भैरहवामा क्रियाशिल रहेका पत्रकारहरुो कोरोना बीमा गरिएको छ । लुम्बिनी प्रेस क्लबले आफ्ना सदस्यहरुका लागी कोरोना बीमालेख गरेको हो ।

क्लबले बिहीबार अजोड ईन्सुरेन्स कम्पनी संग क्लबका सबै सदस्यहरुको कोरोना बीमालेख गराएको हो । सीमा क्षेत्रमा रहेर जोखिमपुर्ण पत्रकारिता गरिरहेका पत्रकारहरुको सुरक्षाका लागी इन्सुरेन्स गरिएको क्लबका अध्यक्ष दिपेश पछाईले बताए ।

क्लबले सबै सदस्यहरुका लागि इन्सुरेन्स गरेको महासचिव संम्झना शर्माले जानकारी दिइन । फिल्डमा खटिएर पत्रकारिता गर्ने क्रममा जोकोही पत्रकारलाई संक्रमण भएमा ईन्सुरेन्स कम्पनीले एक लाख रुपंैयाँ सम्बन्धित पत्रकारलाई उपलब्ध गराउने छ ।

संञ्चार गृहहरुले नियमित तलब खुवाउन नसकिरहेको र स्वयमले परिवारका सदस्यहरुलाई रेखदेख गर्नुपर्ने अवस्थामा संक्रमित भएर अस्पताल बस्नु परेमा परिवारमा आईपर्ने समस्यालाई मध्यनजर गरि ईन्सुरेन्स गरिएको हो ।

संक्रमितको उपचार सरकारले गर्ने भएपनि पत्रकारले प्राप्त गरेको रकमले उ बिरामी भएको अवस्थामा घरका परिवारलाई राहत स्वरुप नगद पैसाले धेरै सहयोग पुग्ने हँुदा यो ईन्सुरेन्स गरिएको क्लबका अध्यक्ष पछाईले बताए ।

पत्रकारहरुको कोरोना परिक्षण पिसिआर रिर्पोटका आधारमा बीमा रकम माग दाबी गरिए अनुसार भुक्तानी हुने ईन्सुरेन्स कम्पनी भैरहवा शाखा प्रमुख प्रकाश शर्माले जानकारी दिए । क्लबमा भैरहवा, मर्चवार, लुम्बिनी र धकधई क्षेत्रका गरि ३५ जना पत्रकारहरु आवद्ध रहेका छन् ।

टिप्पणी थप्नुहोस्