नेपालमा हालसम्म २२४ पुरुष र ५४ जना महिलामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २७८ पुगेको छ । तीमध्ये २२४ पुरुष र ५४ जना महिला हुन् ।

शनिबारमात्रै ११ जनामा संक्रमण देखिएको छ । पछिल्लोपटक महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुष थपिएसँगै संक्रमित २७८ पुगेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार बोल्दै प्रवक्ता डा. विकास देवकोटाले संक्रमितमध्ये सबैभन्दा बढी प्रदेश नम्बर–२ र प्रदेश नम्बर–५ मा समान १०९ जनालाई संक्रमण भएको बताए ।

अहिलेसम्म ‘पीसीआर’ विधिबाट २६ हजार ६९१ तथा ‘आरडीटी’ विधिबाट ६५ हजार ७४९ ओटा परीक्षण भएका छन् ।

२४ घन्टामा पीसीआर विधिबाट तीन हजार ५७९ ओटा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर १६ हजार ३६६ जना ‘क्वारेन्टाइन’मा रहेका छन् । ३२० जना ‘आइसोलेसन’मा रहेका छन् ।

काठमाडौं उपत्यकाभित्र ३२ जना आइसोलेसनमा रहेका छन् । यो अहिलेसम्मकै बढी हो । अहिलेसम्म संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन् ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री