१० जना थपिए कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरसबाट थप १० जना संक्रमित भएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार नयाँ १० जनाको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यो सँगैं संक्रमितको संख्या २ सय ९१ पुगेको छ । संक्रमितहरु रौतहट राजपुर नगरपालिका ९ का १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षका पुरुषहरु छन् ।

त्यस्तै रौतहट इसनाथ नगरपालिका ३ र५ का २८, ३० र ३३ वर्षीय पुरुषहरु छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री