अमेरिकन आइडलमा नेपाली युवाको कमाल

काठमाडौं । नेपाली मुलका युवा दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप बनेका छन् । २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औँ संस्करणको फस्ट रनर अप बनेका हुन ।

छनोट चरण हुँदै अन्तिम २०, १०, ७ र फाइनल चरणका लागि अन्तिम पाँचभित्र समेटिँदै पोखरेल फाइनलमा पुगेका हुन ।

अमेरिकन आइडलमा आर्थर गनको नामबाट सहभागी दिवेशले आइडलको छनोट चरणदेखि नै निर्णायकको मत जित्दै आएका थिए ।

दिवेश फस्ट रनर अप भएको एबिसी टेलिभिजनले सञ्चालन गर्ने आइडलको उपाधि भने २१ वर्षीया जष्ट सामले जितेकी छन् ।

उपाधि विजेता जष्ट लाइबेरियाली मूलकी हुन । दिवेशलाई विश्वभर छरिएको नेपाली समुदायबाट उनलाई मत प्राप्त भएको थियो ।

फ्रेन्च कवि आर्थर रिमबाउडबाट प्रभाविगएका उनी काठमाडौं रवीभवनमा जन्मिएका हुन । उनको नेपाली एल्बम ‘ग्रहण’ पनि निकालेका छन् ।

 

टिप्पणी थप्नुहोस्