नीति-कार्यक्रममा सांसद गिरिको कटाक्ष

-रुपान्तरण संवाददाता

काठमाडौं । संसदमा सरकारका नीति र कार्यक्रमको दस्तावेज वाचन गरी रहँदा राष्ट्रपति बिद्यादेवी भण्डारीमा कुनै जोश, आशा र अपेक्षा देख्न सकिएन । राष्ट्रपति बोली रहेकी थिइन । तर, त्यो बाणी थिएन । आवाजमा प्रवाह थिएन । अड्की अड्की बोली रहेकी थिइन महामहिम राष्ट्रपति । जे बोली रहेकी थिइन त्यो सामयिक थिएन ।

देश र जनताका जल्दाबल्दा समस्यालाई सरकारले आफनो नीति र कार्यक्रममा समावेश गर्न चाहेन । यसमा राष्ट्रपतिले गर्ने केही थिएन । सार्वभौम संसदमा प्रस्तुत गरिने सरकारको नीति र कार्यक्रमका रुपमा तयार पारिएको राष्ट्रपतिको भाषणमा ओजपूर्ण शब्दको प्रयोग अपेक्षित हुन्छ । भाषाको आफनै बिशिष्टता र आफनै मानक हुन्छ । त्यसैका आधारमा अभिब्यक्तिको गहिराई नाप्न सकिन्छ । देशका बहुसंख्यक निर्वाचित सांसदको चासो आफनो कार्यक्षेत्रका जनता नभइ आपूm सदस्य भएको दलका नेताको खुशीमा केन्द्रीत भएपछि संसदको महत्व र गरिमा त खस्किने नै भयो ।

नेपालको संसदको चरित्र अन्तर्मुखी छ । देशको राजनीतिलाई जनतामा लोकप्रिय बनाउन संसदमा निर्वाचित जन–प्रतिनिधिहरुको महत्वपूर्ण भूमिका रहन्छ । तर, नेपाली संसदमा यस्तो चलन छैन । अहिले संसदको भूमिका पार्टीहरुका लागि सत्ता स्वार्थको केन्द्रका रुपमा रहेको देखिन्छ । संसदमा प्रतिनिधिहरु दलका कारिन्दाका रुपमा देखिन्छन । सबैलाई पार्टीको व्हिपले बाँधेको देखिन्छ ।

बिना व्हिप बोल्न दिने हो भने सांसदहरुले जनताको आवाज घन्काउनेमा अबिश्वासगर्नु पर्दैन । पछिल्लो समयमा केही युवा सांसद संसदमा देखिएका छन । तर, उनीहरुको बिचार पनि कुण्ठित रहेकोछ । पार्टीका मूल नेतामा पार्टी अगाडि बढाउने सिर्जनात्मक दूरदर्शिताको अभाव यसको कारण हो । सत्तामा नबसे चल्नै नसक्ने अवस्थामा पुगेका छन देशका पार्टीहरु ।

संसदको २०७७ सालको यो पहिलो महत्वपूर्ण अधिवेशनमा सरकारले प्रस्तुत गरेको नीति र कार्यक्रमको कटु आलोचना भयो । संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले यसलाई ‘हास्यास्पद’ बक्तब्य भनेर पहिलो टिप्पणी गरे । नेपाली जन–प्रतिनिधि संस्था संसदमा प्रदीप गिरिको भूमिका प्रभावशाली रहेकोछ । उनले बिस्तारमा नीति तथा कार्यक्रमको आलोचनागर्दै दस्तावेजलाई ‘सरकारको किंकर्तब्यबिमूढताको प्रतीक’ बताए ।

देशमा भएको पछिल्लो आन्दोलनले राज्यको रुपान्तरण होइन, सत्ताको हस्तान्तरण मात्रै गरेको बताए गिरिले । गिरिको भनाइ थियो, सरकारको जिब्रोमा सुशासन अडकिएको छ । कुशासन जताततै फैलिएकोछ । सरकारी सीडीओ सँधै हस्यांङ्ग फस्याङ्गमा भेटिन्छन, डीआइजी सवारी चलाउनमा नै ब्यस्त रहन्छन ।

कोरोना महामारीका बारेमा नीति तथा कार्यक्रममा केही उल्लेख नगरिएकोमा रुष्ट थिए सांसद गिरि । बिना कुनै पूर्व तयारी सरकारले जनतालाई भोकै रहन दिन्नौं भनेकोमा उनको आपत्ति थियो । कांग्रेस सांसद गिरिले सरकारलाई चेतावनी दिदै भने, ‘नेपाली जनता रोगले भन्दापनि भोकले मर्ने अवस्था आउँदैछ ।’

सांसद प्रदीप गिरिले प्रधानमन्त्री ओलीको ‘तथाकथित’ देशभक्तिको खिल्ली उडाउँदै भने, ‘देशको मुख्य स्थानमा बसेको ब्यक्तिले समस्या समाधान गर्नु पर्दछ । अकर्मण्यता देखाएर यस्तै हो भन्न मिल्दैन । दोस्रो महायुध्दका बेला लर्ड एमरी र चर्चिलले इनफ इनफ भन्दै बेलायतका प्रधानमन्त्री चेम्बरलिनको राजिनामाको मांग गरेका थिए ।’

प्रदीप गिरिले नेपाली सत्ताको चरित्रको ब्याख्यागर्दै भने, रक्सीको नसा पिएपछि लाग्छ । पैसाको नसा पाएपछि लाग्छ । सत्ताको नसा गाएपछि लाग्छ । अहिले सत्तामा बसेकालाई सत्ताको नसा लागेकोछ । ती गाउँदैछन । प्रधानमन्त्री ओलीको देशभक्तिका भाषण त्यसैको अंग हो ।

रोजगारीका लागि भारत पुगेका नेपालीहरु कोरोना महामारी फैलिएपछि सीमानामा आएर अलपत्र परेकाछन । तिनलाई देश भित्य्राउने मांगगर्दै नेता गिरिले भने, ‘उनीहरु आफनो खुशीले त्यता गएका होइनन । बिवस र बाध्य भएर रोजगारीको खोजीमा बिदेशिएका नेपालीलाई यो बिपत्तिका समयमा देश भित्य्राउनै पर्दछ ।’

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री