रोहिणीमा पहिलो संक्रमित, गाउँमा त्रास

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकामा पनि एक जनामा कोभिड–१९ पिसिआर पोजेटिभ देखिएको छ । रोहिणी गाउँपालिकाका ५५ बर्षिय पुरुषमा कोभिड–१९ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

यससंगै रुपन्देहीमा संक्रमित हुनेको संख्या ३७ पुगेको छ । शनिबार रुपन्देहीको गैडहवा गाउँपालिकामा पनि ७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

रोहिणी गाउँपालिकाममै पहिलो संक्रमित देखिएपछि स्थानीयमा त्रास बढेको छ । गाउँपालिकाले एक बिज्ञप्ती जारी गर्दै स्थानीयलाई नआत्तिन अनुरोध गरेको छ । संक्रमित ब्यक्ति दिल्लीबाट सिधै धकधईको रामनरेश माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बसेकोले गाउँपालिकाले सर्वसाधारणलाई नआत्तिन अपिल गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेद्वारा हस्ताक्षरित बिज्ञप्तीमा गाउँपालिकावासीलाई अझै बढी सतर्क हुन अनुरोध गरेको छ । यसको विकल्प भनेको लकडाउनको प्रभावकारी कार्यान्वयन भै रहेको हुदा सबैलाई लकडाउनको पालन गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

टिप्पणी थप्नुहोस्