नेपालमा एकैदिन ७२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । सोमबार एकैदिन ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै देशभर कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकाहरुमा रौतहटका मात्रै २६ जना पुरुष छन् ।

यस्तै बाराका २३ जना, बांकेका ४ जना, काठमाडौंको टोखा नगरपालिका–३ र ६ तथा बुढानिलकण्ठ नगरपालिका–३ का गरि तीन जना, धनुषा र कपिलवस्तुका ३–३ जना पुरुष, सप्तरीका दुई जना र बर्दियाका एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै दैलेखका ६ पुरुष र एक महिलामा पनि कारोना संक्रमण देखिएको छ । हिजो मात्र २४ जनामा संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित मध्ये हालसम्म उपचार पछि निको हुनेको संख्या १ सय ५ पुगेको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री