भारतबाट घर फर्किनेक्रममा कोरोना संक्रमित ३५ वर्षीय युवकको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ६ पुगेको जनाएको हो ।

भारतबाट फर्किँदै गर्दा मृत्यु भएका भूमिस्थान अर्घाखाँचीका ३५ वर्षीय युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ का एक युवकको यही जेठ १० गते भारतबाट फर्किने क्रममा बाटोमै मृत्यु भएको थियो । भैरहवाको प्रयोगशालामा स्वाब परीक्षण गर्दा बिहीबार मात्रै उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

बिहीबार नै कोरोना भएको पुष्टि भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने उनको मृत्युको शुक्रबार मात्रै औपचारिक घोषणा गरेको हो ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री