जातीय बिभेद बिरुद्ध धकधईका युवा

भैरहवा । रोहिणी गाउँपालिका अन्तर्गत धकधईका युवाहरुले जातीय बिभेद बिरुद्ध ऐक्यवद्धता जनाएका छन् । उनीहरुले शुक्रबार एक कार्यक्रमको आयोजना गरी जातीय बिभेद गर्नेलाई कारवाहीको माग गरेका छन् ।

मुलुकमा बढ्दै गईरहेको जातीय विभेद बिरुद्धको आवाज उठ्दै गइरहेका छन् । पछिल्लो समय देशमा जातीय बिभेदका घटनाहरु बढिरहँदा दलित समुदाय मात्र नभई गैरदलितहरु पनि रुष्ट छन् । बिभिन्न गैरदलित संघ संस्थाहरु पनि जातीय बिभेद बिरुद्ध आन्दोलित रहेका छन् । यहि क्रममा धकधईका युवाहरुले पनि यसमा ऐक्यवद्धता जनाएका छन् ।

स्थानीय समाजसेवी तथा नेकपाका नेता भोला क्षेत्रीको अगुवाईमा धकधईका युवाहरुले बिभिन्न प्लेकार्डसहित जातीय बिभेद गर्नेलाई कारवाहीको माग गरेका छन् । रोहिणी गाउँपालिकाको धकधई चोकमा आयोजना भएको र्‍याली तथा कोण सभामा बोल्दै युवा भोला क्षेत्रीले अहिलेको अवस्थामा पनि जातकै आधारमा भेदभाव गर्नु निन्दनीय रहेको बताए ।

“दलितको हत्या बन्द गर”, “जातीय बिभेद अन्त्य गरौं”, देवदह घटनाका दोषीलाई कारवाही गर”, रुकुम भएको हत्याको अपराधीलाई कारवाही गर” लगायतको नारा रहेको प्लेकार्ड बोकेर युवाहरुले प्रदर्शन गरेका थिए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री