लकडाउन जेठ ३२ गतेसम्म लम्बियो

काठमाडौं । सरकारले जेठ ३२ सम्म लकडाउन लम्बाउने र असार १६ गतेसम्म हवाई सेवा बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हो ।

यसैगरी, सरकारले असार १६ गतेसम्म हवाई सेवा बन्द गर्ने समेत निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका डा. युवराज खतिवडाले जानकारी दिए।  यसअघि सरकारले जेठ २० सम्म लकडाउन जारी राख्ने निर्णय गरेको थियो।

सरकारले सुरुमा चैत ११ गतेदेखि लागू हुने गरी घोषणा गरेको लकडाउन पटकपटक गरी थप्दै आएको छ। पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै लकडाउन जारी राख्ने निर्णय गरेको बताइएको छ।

यता, परिस्थिति हेरि कुनै क्षेत्रमा लकडाउन खुकुलो बनाउने वा कतै कडा पार्ने भन्ने बारे कोभिड उच्चस्तरीय समितिले निर्णय गर्नेछ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री