कोरोनाका कारण थप एक जनाको मृत्यु, २०१ जनामा संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । थप एक जनाको मृत्यु भएको छ ।
बुधबार दोलखाका ७६ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको जम्मा संख्या ९ पुगेको छ । नेपालमा कोरोना जित्नेको संख्या भने २७८ पुगेको छ।
स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कोभिड १९ को संक्रमण पुष्टि भएकाको संख्या २ हजार ३ सय पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले गत चौबिस घण्टामा १७९ जना पुरुष र २२ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

अहिलेसम्म पिसिआर परीक्षण ८० हजार २६७ जनाको भएको छ । क्वारेन्टिनमा १ लाख ५५ हजार ८६८ जना रहेको पनि मन्त्रालयले जनाएको छ । आइसोलेसनमा २ हजार १३ जना छन्

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री