गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित सबै गण्डकी प्रदेशका हुन ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माद्वारा आइतबार बिहान ६ बजे जारी सूचना अनुसार गण्डकी प्रदेशका चार जिल्लाहरु स्याङ्जा, बाग्लुङ, गोरखा र नवलपरासी पूर्वमा संक्रमण पुष्टि भएको हो।

जसअनुसार, स्याङ्जामा १४, बाग्लुङमा १०, गोरखामा १०, नवलपरासी पूर्वमा ४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित सबै पुरुष हुन् ।

संक्रमित सबैलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजानै तयारी भइरहेको सूचनामा भनिएको छ। योसँगै नेपालभर संक्रमण पुष्टि हुनेको संख्या ३२ सय ७३ पुगेको छ।

टिप्पणी थप्नुहोस्