आन्दोलनको मूडमा तराई–मधेश

सांसद प्रदीप यादवसंग भिडियो वार्ता

नेपाल कम्युनिष्ट पार्टीले संविधान निर्माणका बेला भएको सर्वदलीय सहमतिका बिरुद्ध नागरिकता ऐनलाई राज्य ब्यवस्था समितिबाट एकपक्षीय संशोधन सहितको मस्यौदा पारित गरेपछि नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र समान बिचार राख्ने समूह उद्वेलित भएका छन् । यो संशोधनले २०६३ को अन्तरीम संविधानमा भएको ब्यवस्थाको अन्त्य गर्नेछ । प्रस्तावित नागरिकता सम्बन्धी ऐनमा कांग्रेसको एउटा पक्षले खुशी प्रकट गरेको छ भने कांग्रेसका उप–सभापति बिमलेन्द्र निधिले यसका बिरुद्ध कडा मोर्चा खोलेका छन् । भर्खरै सरकारले ‘भारतको अतिक्रमणमा परेको’ कालापानी क्षेत्र समेटेर बनाएको नेपालको नयाँ नक्सा संसदमा सर्वसम्मतिले पारित भएको स्थिति र चर्किदो कोरोना महामारीको चापमा नागरिकता ऐनलाई पारित गर्ने रणनीति कम्युनिष्ट सरकारले बनाएको देखिन्छ । तर, सरकारको यो काम देश र जनताको बिपरित हुने निश्चित छ ।

यिनै प्रसंगमा, रुपान्तरणले जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवका प्रखर बिचार यहाँ प्रस्तुत गर्दैछ । रुचि श्रेष्ठले बिहिबार सांसद यादवसंग गर्नु भएको यो वार्ता प्रस्तावित नागरिकता ऐनले बिचलित बनाएको तराइ–मधेशको तस्वीर प्रस्तुत गरेको छ ।

भिडियो वार्ता :

टिप्पणी थप्नुहोस्