यातायात संचालनमा खुकुलो, भदौ १ बाट हवाइ उडान

काठमाडौं । सरकारले नजिकका जिल्लामा पनि यातायात चलाउन पाउने निर्णय गरेको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

तर विद्यालय र सिनेमा हल संचालनमा भने रोकावट कायमै रहेको मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

विद्यालय र सिनेमाहल बाहेक बाहेक खुलाउने कुरा भएको छ। छोटो दूरीका सवारी साधन सञ्चालन गर्न पनि खुलाउने निर्णय भएको छ।

भदौ १ बाट हवाई सेवा संचालन गर्ने निर्णय गरेको छ,’ ती मन्त्रीले भने।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ गतेबाट आन्तरिक र भदौ १ बाट बाह्य उडान सेवा सुरु गर्ने प्रस्ताव गरेको थियो।

मन्त्रिपरिषद्ले सो प्रस्ताव संशोधन गर्दै भदौ १ बाट दुवै सेवा संचालन गर्ने निर्णय गरेको ती मन्त्रीको भनाइ छ।

स्वास्थ्य मन्त्रालयले बनाएको प्रोटोकलका आधारमा सुरक्षाका उपाय अपनाउने गरी कार्यविधि बनाइने मन्त्रालय स्रोतले जानकारी दिएको छ।

टिप्पणी थप्नुहोस्