नेपालमा लकडाउन अन्त्य, केही क्षेत्रमा अझै बन्देज

काठमाडौ । सरकारले लकडाउन (बन्दाबन्दी) अन्त्य गर्ने निर्णय गरेको छ । साउन ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार ६ गतेदेखि लागु हुने गरि लकडाउन अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।

त्यस्तै सरकारले कुन मितिदेखि के के खुल्ने भन्ने निर्णय पनि गरेको छ । जस अनुसार साउन १५ गतेदेखि होटेल तथा रेस्टुरेन्ट खुल्न पाउने छन् ।

तर सामुहिक भोज र पार्टी भने गर्न पाइने छैन । त्यस्तै साउन १५ देखि नै ट्रेकिङ, पदयात्रा, पर्वतारोहण लगायतका व्यवसाय संचालन गर्न र त्यसको लागि बुकिङ गर्न सकिने भएको छ ।

त्यस्तै भदौ १ गतेदेखि छोटो, मध्यम, र लामो दुरीको सार्वजनिक सवारी संचालन गर्न दिने निर्णय सरकारले गरेको छ ।

त्यस्तै आन्तरिक र अन्तराष्ट्रिय उडान पनि भदौ १ गते देखि संचालन हुने भएको छ । साथै विद्यार्थी भर्ना र परीक्षा संचालन पनि भदौ १ बाट सुरु गर्न सकिने भएको छ । खेलहरु र अन्तराष्ट्रिय प्रशिक्षण पनि भदौ १ देखि नै गर्न दिने सरकारले निर्णय गरेको छ ।

यी सबै कार्य गर्दा सुरक्षा मापदण्ड भने अपनाउनु पर्ने निर्णय सरकारले गरेको छ । सरकारी कार्यालयमा हाल भइरहेको दुई ‘सिफ्ट’को व्यवस्था पनि अन्त्य गरिएको छ ।

अब विहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन हुने मन्त्री डा. खतिवडाले जानकारी दिए । सार्वजनिक यातायात खुलेपछि सरकारी कार्यालय पनि नियमित १० देखि ५ बजेसम्म सञ्चालन हुने उनले बताए ।

सरकारले अर्को सूचना जारि नभएसम्म शैक्षिक संस्था, प्रदर्शनी, सिनेमा, डान्स बार, सलुन, स्पा, जिम, स्विमिङ पुल, खेलकुद, सामुहिक रुपमा हुने धार्मिक र सामाजिक कार्य तथा चिडियाखाना बन्द रहने बताएको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री