काठमाडौं । अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेका छन् ।
केसीले शुक्रबार शाहविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली–बेइज्जतीविरुद्धको मुद्दा दर्ता गरेका हुन ।
काठमाडौं जिल्ला अदालका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले मुद्दा दर्ता भएको र दुवै पक्षलाई अदालतमा हाजिर हुन आउन २१ दिनको म्याद दिने जानकारी दिए ।
यसअघि, अभिनेता केसीले चलचित्र कलाकार संघमा साम्राज्ञीले आफूमाथि झुटो आरोप लगाएको भन्दै छानबिन गर्न माग गरेका थिए ।
साम्राज्ञीले आफूमाथि दुर्व्यवहारको आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत् बदनाम गरेको भनी केसीले उजुरी दिएको जनाइएको छ ।
टिप्पणी थप्नुहोस्