डा.शेखर, गुरु र जीवन सत्याग्रहीको अभियानमा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौंको बसन्तपुर पुगेर सत्याग्रहमा रहेका युवा ‘ई’ को अभियानमा ऐक्यबद्धता जनाएका छन् ।

कोभिड–१९ को सबल ब्यवस्थापनको माग राख्दै १६ दिन देखि सत्याग्रहमा रहेका उहाँलाई भेट्न डा. शेखर कांग्रेस केन्द्रीय सदस्यहरु, गुरुराज घिमिरे र जिवन परियारलाई साथ लिएर सत्याग्रह स्थल पुगेका हुन ।

डा.कोइरालाले युवाहरुको अगुवाइमा भएको सत्याग्रहमा आफ्नो पुर्ण समर्थन जनाए ।

संसद र सडकमा प्रतिपक्षको खोजी भइरहेको समयमा युवाहरुले यस्ता गतिविधि गरेर सरकारलाई खबरदारी गरेकोमा डा.कोइरालाले धन्यवाद समेत दिए ।

कोइरालाले सत्याग्रहमा युवाहरूले उठाएका माग सम्बोधन गर्न सरकारलाई आफूहरूले आवश्यक दबाब दिने प्रतिबद्धता समेत जनाए ।

कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले पछिल्ला दिनमा सत्याग्रह समर्थित युवाहरूप्रति सरकारले गरेको अमानवीय ब्यबहार र धरपकडले आफूहरूलाई दुखी बनाएको बताए ।

घिमिरेले आफुहरु आन्दोलनरत युवाहरूको माग सँगै रहेको बताउँदै उहाँहरूलाई एक्लो महसुस नगर्न आग्रह गरे ।

अर्का केन्द्रीय सदस्य जिवन परियारले सरकारी रबैया र अराजकता बिरुद्ध सत्याग्रह गरेर युवाहरूले अत्यन्तै राम्रो काम गरेको बताए ।

टिप्पणी थप्नुहोस्